arrow

कांग्रेसले तत्काल सहयोग नगर्ने भनेपछि मुख तीत्याउँदै निस्किए दाहाल

logo
प्रकाशित २०७३ असार २७ सोमबार
Prachanda-new-FNL.jpg.jpeg
काठमाडौं । सरकार परिवर्तनको दौडमा रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले तत्काल कांग्रेसको साथ नपाउने भएका छन् । दाहाल सोमबार प्रधानन्यायाधीशको सपथ समारोहमा सहभागि भएपछि कांग्रेस संसदीय दलको कार्याल सिंहदरबार पुगेर परामर्श गर्दा कांग्रेसले सहयोग गर्ने छाँट नदेखेपछि मुख तीत्याउँदै बाहिरिए ।
 
अध्यक्ष दाहालले प्रधानमन्त्री बन्न सहयोग मागेपनि कांग्रेसले अस्वीकार गरेको हो । सिंहदरबारमा दुई दलका नेताहरुबीच छलफल भएको दाहाल पुत्र प्रकाशले हाम्राकुरालाई जानकारी दिए । छलफलमा दाहालले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग मागेका थिए  । यद्यपि, कांग्रेस नेताहरुले यस्तै प्रस्ताव केपी शर्मा ओलीले समेत राखेको बताएका छन् । हाल सम्म कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच तीन पटक भेट भइसकेको छ । 
 
आइतबार साँझ बालुवाटारमा चर्काचर्की गरेको दाहालले सोमबार पनि प्रधानमन्त्री ओलीसंग भेटेका छन् । ओलीले आइतबार आफुले असमझ्दारी पाली–पाली गठबन्धन टिकाउने पक्षमा नरहेको जवाफ फर्काएका थिए । माओवादी केन्द्रीय कार्यालय बैठकले राष्ट्रिय सहमति जुटाउने जिम्मा दाहाललाइए दिएपछि दाहालको दौड धुप निकै बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ