arrow

राशन कार्डबारे अध्ययन गर्न समिति गठन

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
aapurti-mantralaya.jpg.jpeg
काठमाडौँ । आपूर्ति मन्त्रालयले उपभोग्य वस्तुको सहज आपूर्ति गर्न राशन कार्ड लागू गर्ने विषयमा अध्ययन गर्न छ सदस्यीय समिति गठन गरेको छ । 
 
मन्त्रालयले यही २२ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार उपभोक्तालाई दैनिक उपभोग्य वस्तुका सहज आपूर्तिका लागि आपूर्ति व्यवस्था महाशाखाका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति गठन गरेको हो । 
 
समितिको सदस्यमा सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव तथा आपूर्ति व्यवस्ता तथा उपभोक्ताहित संरक्षण विभागका दिर्नेशक, कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनाल छन् । समितिको सदस्य समितिमा आपूर्ति मन्त्रालयको बजार विश्लेषण शाखाका उपसचिव प्रेमप्रसाद आचार्य रहेका छन् ।  
 
राशन कार्ड लागू गर्ने विषयमा तीन महिनाभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्दराम रेग्मीले जानकारी दिए । 
 
राशन कार्ड लागू गर्ने सम्बन्धमा छिमेकी देशमा भएका व्यवस्थाको अध्ययन विश्लेषण, कार्डको आवश्यकता र औचित्य तथा कार्डको सफल कार्यान्वयनका निम्ति सरकारले अपनाउनुपर्ने कदमबारे सरकारलाई समितिले सुझाव दिनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ