arrow

विद्यालय शिक्षा निःशुल्क गर्न माग

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
right-education.jpg.jpeg
काठमाडौं । नेकपा माओवादी सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले एसएलसी परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू गर्दा झन्डै दुई लाख विद्यार्थी उच्चशिक्षा पढ्ने अवसरबाट वञ्चित भएको भन्दै आन्दोलनको घोषणा गरेको छ । 
 
‘डि’ र ‘इ’ ग्रेडिङमा परेका दुई लाख विद्यार्थीलाई उच्चशिक्षा पढ्ने वातावरण सरकारले बनाई दिनुपर्ने माग गर्दै उक्त सङ्गठनले विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गर्नुपर्नेमा जोड दिएको छ । 
 
सो सङ्गठनका उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक लोकेश विश्वकर्माले शिक्षा क्षेत्रमा निजी कलेजले व्यापारीकरण गरेको र गरिब तथा निमुखा एवम् ग्रामीण क्षेत्रका लाखौँ विद्यार्थी उच्चशिक्षाबाट वञ्चित हुने अवस्था आएको भन्दै गरिब जनतालाई उच्चशिक्षा पढ्ने अवसर दिलाउन सरकारसँग माग गरे । 
 
सङ्गठनले सरकार समक्ष पूर्वतयारी बिना लागू गरिएको ग्रेडिङ प्रणाली सच्याउन र निजी विद्यालय तथा कलेजले लिँदै आएको अतिरिक्त शुल्क खारेजीलगायत १५ बुँदे माग गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ