arrow

'सुखद भविष्यका लागि किशोरीमा लगानी'

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ असार २८ मंगलबार
school-students.jpg.jpeg
रोल्पा। विश्व जनसंख्या दिवस २०७३ का अवसरमा “सुखद भविष्यका लागि किशोरीमा लगानी” विषयक विद्यालय स्तरी बक्तृतवकला प्रतियोगीता रोल्पाको लिबाङमा सम्पन्न भएको छ। 
 
प्रतियोगीतामा बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पाकी प्रार्थना सुवेदीले प्रथम स्थान हासिल गरेकी छिन् भने होलीभिजन आवासीय माधयमिक विद्यालयका लिबाङ रोल्पाका राजकुमार पौडेले द्वितीय, तारा माध्यमिक विद्यालय बामरुक रोल्पाका  निता परियार तृतीय र होलिभिजन आमाविका  हिमानी वली र तारा मावि बामरुकका महेन्द्र घर्तीले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। 
 
कार्यक्रममा प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल छात्रछात्रालाई क्रमश २५ सय, २ हजार, १५ सय र १, १ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो।
 
५ जना छात्र र ५ जना छात्रा गरी ५ विद्यालयका १० जना छात्रछात्राहरु कार्यक्रममा सहभागी भएका थिए।  
 
सहभागिहरुलाई यातायात खर्च र प्रमाण पत्र प्रदान गरिएको थियो। प्रतियोगीतामा जिल्ला शिक्षा  कार्यालय रोल्पाका विनि मोहन दाहाल, जिल्ला बाल कल्याण समिति रोल्पाका बाल विकास अधिकृत गोकर्ण पुन र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले निर्णयकको भूमिका निर्वाह गरेका थिए।
 
कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील बैद्य, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा.भवानी प्रसाद शर्मा, जिल्ला शिक्षा अधिकारी चिरञ्जिवि पौडेल, महिला विकास अधिकृत लोकेन्द्रा आचार्य, युएनएफपीए रोल्पाका राजु जोशी लगायतको उपस्थिति रहेको थियो। 
 
कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका हेल्थ असिस्टेन्ट पूर्णबहादुर बुढाले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ