arrow

नेपालको वर्तमान आवश्यकता हिन्दु राष्ट्र सहितको संवैधानिक राजतन्त्र : कमल थापा

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ साउन २४ आइतबार
kamal-thapas.JPG

कावासोती । राप्रपाका अध्यक्ष कमल थापाले नेपालको वर्तमान आवश्यकता  हिन्दु राष्ट्र सहितको संवैधानिक राजतन्त्र भएको बताएका छन् ।

आइतबार राप्रपा केन्द्रीय सदस्य बलराम थापाको शोक सभामा सहभागी हुन नवलपुरको कावासोती आई पुगेका थापाले पत्रकारहरू सँगको कुराकानीमा ढिलो चाँडो हिन्दु राष्ट्रसहितको संवैधानिक राजतन्त्र देशमा पुनर्स्थापित हुने बताएका हुन ।

“गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको अवधारणा गलत छ, यो नेपाली जनताको चाहाना थिएन, यो बाह्य शक्तिले नेपालका केही राजनीतिक शक्तिहरूलाई प्रयोग गरेर  भित्राइएको एजेन्डा हो,“ थापाले भने । 

देशमा राजनीतिक तथा सामाजिक रूपमा  हिन्दु राष्ट्र सहितको संवैधानिक राजतन्त्रको पक्षमा जनमत बन्दै गएको दाबी गर्दै थापाले ठुला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले भित्र धर्मनिरपेक्षता र सङ्घीयताको विरुद्ध चर्को आवाज उठ्दै गएको र यसले  आफूहरूलाई उत्साहित बनाएको बताए ।

पत्रकारहरू सँगको कुराकानीमा थापाले संसद्मा अस्थिरता देखिएको र यो अस्थिरता अन्त्य गर्नका तत्काल निर्वाचनमा जानू पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ