arrow

माओवादीले सरकारबाट बाहिरिएको घोषणा गर्न पत्रकार सम्मेलन गर्दै

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
Prachanda-new-FNL.jpg.jpeg
काठमाडौं । सरकारवाट बाहिरिने निर्णय गरेको प्रमुख घटक माओवादी केन्द्रले केही बेरमा सरकारबाट बाहिरिने औपचारिक घोषणा गर्न पत्रकार सम्मेलन गर्दै छ । दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री फिर्ता बोलाएको घोषणा गर्ने पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् । 
 
माओवादीले गएको वैशाख २३ गते भएको लिखित ३ बुँदे सहमतिमा बजेट पारित भएपछि सरकारको नेतृत्व आफुलाई दिने नभए निर्णय फिर्ता हुने उल्लेख रहेको भन्दै सरकारबाट फिर्ता हुने निर्णय गरेको बताइएको छ । सरकारलाई मन्त्री फिर्ता बोलाउने पत्र पठाइसकेको बताइएको छ । केन्द्रीय कार्यालय बैठकले विहान मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
 
बैठक लगत्तै केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा पत्र लेखेर सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । अध्यक्ष दाहालले हस्ताक्षर गरेको पत्र बोकेर केन्द्र नेता जनार्दन शर्मा र हितराज पाण्डे बालुवाटार र शितल निवास पुगेका थिए ।
 
माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सहमतिय सरकार गठन गर्न भन्दै दाहाललाई जिम्मेवारी दिएको थियो । यद्यपि, कांग्रेसले हिजो दाहाललाई सहमतिय सरकार गठन हुन नसक्ने भन्दै बहुमतिय सरकारमा जोड दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ