arrow

ओलीले राजीनामा दिने : कांग्रेस, माओवादी, राप्रपा नेपाल लगायतको गठबन्धन बन्ने

फोरम लोकतान्त्रिक पनि आउने

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
oli-new-photo-china.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने भएका छन् । प्रमुख सत्ता घटक माओवादी केन्द्र बाहिरिएसंगै सत्ता साझेदार अन्य दलहरु समेत बाहिरिने भएकाले राजीनामा दिनु पर्ने अवस्था आएको हो । 
 
एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले हाम्राकुरासँग भने, ‘हामी साँझ ६ बजे स्थायी कमिटी बैठक बस्दै छौं । अहिले सम्म कुनै निर्णय भएको छैन ।’ राजीनामा गर्नुको विकल्प छैन ।  उनले थपे, ‘मैले सुनेको छु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा सबै एक ठाउँमा आइसके । सत्तामा रहेका अन्य दलहरुले छोडिसके ।’ यस्तो अवस्थामा राजीनामा दिन्न भनेर हुन्छ र ? गौतमले प्रतिप्रश्न गरे ।
 
आधिकारिक निर्णय साँझ बालुवाटारमा बस्ने बैठकले गर्नें गौतमले जानकारी दिए । यस्तो अवस्थामा संसद फेस गर्ने सम्भावना नरहेको उनले बताए । 
 
उता, कांग्रेस नेता मिनेन्द्र रिजालले माओवादीसंग एजेण्डाकै हिसावले गठबन्धन हुन लागेको संकेत गरेका छन् । उनले भने, ‘शान्ति प्रक्रियाका दुई रथी कांग्रेस र माओवादी एक भएर सरकार बनाउँदा संविधान कार्यान्वयन र बाँकी रहेका काम पूरा हुने छन् ।’ यो समीकरणले एमाले प्रमुख विपक्षी बन्ने लगभग पक्का भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ