arrow

ईश्वरको साम्राज्य

logo
ज्ञान,
प्रकाशित २०७८ साउन २५ सोमबार
sunrise.jpg

काठमाडौँ । एक पटक ईसामसीह एक अग्लो पहाडमा बसेका थिए । त्यहाँ धेरै वृक्ष लगाइएको थियो। त्यस पहाडबाट मैदानमा लहराउँदै गरेका फसल सबै देखिन्थ्यो । केही शिष्यले ईसामसीहसँग सोधे,' जुन परमात्माको तपाई चर्चा गर्नुहुन्छ, त्यसको साम्राज्य कहाँ छ ?' जबाफमा  भने, 'ईश्वरको राज्य बीज समान छ र बीज अन्यत्र कहीँ नभई तिमी भित्र नै लुकेको छ ।'

बीज भित्र नै वृक्ष बनाउने क्षमता हुन्छ। हरेक बीजमा वृक्ष बनाउने सम्भावना हुन्छ । जुन प्रकारको बीजलाई तपाई रोप्नुहुन्छ त्यसै प्रकारको बिरुवाहरू लहराउँदै खडा हुनेछ, विशाल हुँदै जानेछ। विशाल भएका वृक्षमा सृजना गर्न सक्ने क्षमता हुनेछ। सोही क्षमताबाट त्यसले लाखौँ बीज लाखौँ फल र पातहरूलाई सृजना गर्नेछ ।  

यसै प्रकार सन्तहरू सम्झाउँछन् कि त्यो ईश्वरको सत्ता बीजरुपमा तिमी भित्र विद्यमान छ। बीजलाई हामी घरमा राख्यौ वा बोरामा भरेर भण्डारण गरायौ भने त्यहाँ बिरुवा बन्दैन। त्यस बीजलाई उमार्नको लागि किसानले बीजलाई रोप्छ, मल हाल्छ र पानी हाल्छ । हावा, घाम, मल र पानी हालेपछि त्यो बीज बिस्तारै बिस्तारै प्रकट हुन्छ र एक दिन विशाल वृक्षको रूपमा खडा हुन्छ । ठिक यसै प्रकार हामी भित्र रहेको ईश्वरको सत्ता बीज जस्तै सूक्ष्म छ र त्यसै सत्ता भित्र सम्पूर्ण  सम्भावनाहरू विद्यमान छ ।

सत्सङ्ग,सेवा,भजन दर्शन आदिबाट त्यो बीज हाम्रो जीवनमा प्रकट हुन सक्छ तर त्यस सूक्ष्म बीजलाई जान्नको लागि, त्यसलाई जागरूक गर्नको लागि सबैभन्दा पहिले त्यस सूक्ष्म ज्ञानको आवश्यकता पर्दछ। सोही ज्ञानले बीज रुपी परमपिता परमात्मा कति सूक्ष्म छ भन्ने जान्न सक्छौँ। सोही सूक्ष्म ज्ञानले हामी भित्रको सम्पूर्ण सम्भावनाहरूलाई प्रकट गरेर हामी आफैलाई आफैलाई चिन्न सक्छौ। त्यसै सूक्ष्म ज्ञान नै आत्माज्ञान हो। र आत्मज्ञान नै एक मात्र सत्यको मार्ग हो । र त्यो जुन एक मात्र मार्ग हो ईश्वर प्राप्तिको।

 यही मार्गमा भगवान् राम, श्रीकृष्ण, बुद्ध, नानक आदी सबै महापुरुष हरू हिँडे जसको वर्णन सबै धर्मशास्त्रमा छ। त्यस एक सुगम एवं सीधा मार्गको ज्ञान यस युगमा प्राप्त गर्नको लागि हामीले वर्तमानमा मौजुद महापुरुषलाई खोज्नु पर्नेछ । जसले हामीलाई त्यही दुर्लभ आत्मा ज्ञान, ब्रह्मज्ञान, तत्वज्ञान प्रदान गरुन्। यही  मानवको एक मात्र वास्तविक धर्म हो ।

जुन महापुरुष हाम्रो समाजमा आए यी हामीलाई सही बाटो देखाउनको लागि आए । उनीहरूले मानवलाई कर्मयोगी बनाए, ज्ञान दिए र सही बाटो देखाए। उनीहरूले भनेनन् कि जुनै बाटोमा हिडेपनि तिम्रो लक्ष्य प्राप्त हुन्छ । तिमीले सही ज्ञानको खोजी गर्नुपर्नेछ।

यस कारण महानपुरुषहरुले भने 'नान्य पंथा विद्यते अनाय' कि त्यो ज्ञानलाई जान्न अनेकौ नभई एक मात्र  मार्ग छ। 'महाजनो येन गत: स पंथा' त्यो मार्ग जसमा सबै महान पुरुषहरू चले त्यसलाई अनुसरण गर्नुपर्छ त्यसको बाटो फरक फरक छैन एकै छ। त्यो महान पुरुषहरूको मार्ग के हो जसमा भगवान् राम चल्नुभयो, श्रीकृष्ण चल्नुभयो, महात्मा बुद्ध, महावीर स्वामी चल्नुभयो, गुरु नानकदेव चल्नुभयो आखिर त्यो बाटो के थियो यो हामीले सोच्नु विचार गर्नुपर्नेछ ।

यदि मानवको इतिहासमा हेरे हामीलाई थाहा हुनेछ यस धर्तीमा सन्त महात्मा  पैगम्बर तथा महापुरुषको आगमन भएको छ। उनीहरूले आफ्नो समयमा धर्तीमा आएर जनमानसमा एक यस्तो बाटो बताएकी अशान्त मानव, भ्रान्तिमा फसेको मानवले शान्ति प्राप्त गरे।



नयाँ