arrow

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस खुल्ला

तीन दलबीच सहमत भए मात्रै एमाले सरकारमा आउने

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
prachanda-.jpg.jpeg
काठमाडौं । माओवादी केन्द्र सरकारबाट बाहिरिएसंगै कांग्रेसले पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुने बाटो खुल्ला राखेको छ । यद्यपि, माओवादी केन्द्रले कांग्रेस लिखित सहमती जनाउन तयार रहेको बताए पनि त्यस्तो कुनै निर्णय भने नभएको बताइएको छ ।
 
कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता प्रकाश शरण महतले नेकपा माओवादी केन्द्रलाई समर्थन हुन सक्ने जनाउँ दिँदै आफुहरुलाई पनि सघाउन सक्ने गरी बाटो खुला छ –भने । दुवैबीच आवसी सझदारी आवश्यक रहेको महतको भनाई छ । 
 
उता, माओवादी केन्द्रले संसदीय दलको कार्यालयमा गरेको पत्रकार सम्मेलनमा माओवादी नेता कृष्णबहादुर महराले कांग्रेसले आफ्नो पार्टी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बन्न सहयोग गर्ने सहमति गरिसकेको जिकिर गरेका छन् । उनले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह समेत गरे । 
 
विभिन्न आन्दोलनकारीका मुद्दाको सम्बोधन गर्न नसकेको, आफुहरुसंग भएका सम्झौता कार्यान्वयन नभएको, भूकम्प पछिको पुनःनिर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र संविधान कार्यान्वयनमा सबैलाई मिलाएर लान नसकेको भन्दै ओली सरकार छाडेको पत्रकार सम्मेलनमा बताइएको छ । 
 
माओवादी केन्द्रले अब राष्ट्रिय सहमतिको सरकार बन्ने समेत जानकारी गराएको छ । सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएको औपचारिक घोषणा गर्दै केन्द्रले सहमतीय सरकारको जिम्मा अध्यक्ष दाहाललाई दिएको सुनाएको छ । 
 
यसैबीच, एमाले सचिव योगेस भट्टाईले आफुहरुले माओवादीलाई रोजेका मन्त्रालय दिएको र उसकै समन्वयमा काम गरिरहेको सुनाउँदै अब मुख्य तीन दलबीच सहमति भए मात्रै एमाले सरकारमा सहभागि हुने बताए । उनले भने, ‘कांग्रेस र माओवादीबीच सहमति हुने र हामीलाई आइदेओस् भन्यो भने हामी कुनै हालतमा सरकारमा सहमागि हुँदैनौं ।’ माओवादीका लागि र नेपालको वामपन्थी आन्दोलनका लागि इतिहासमा यो ठूलो भूल हो, उनले थपे, ‘यो निर्णयमा प्रचण्डले पुनः विचार गरुन् भन्ने हाम्रो धारणा छ ।’ यो अस्वभाविक होइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ