arrow

अब केपी ओलीका विकल्प

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
kp-oli-final-final9.jpg.jpeg
काठमाडौं। एमाले नेतृत्वको गठबन्धन सरकारबाट मुख्य घटक माओवादी केन्द्र बाहिरिएपछि प्रधानमन्त्री केपी ओली अल्पमतमा परेका छन् । ओलीसँग अब व्यवस्थापिका संसदमा मात्र २ सय ५३ मत छ । उनको विपक्षमा ३ सय ४२ मत छ । अब ओली सामु तीन विकल्प रहेका छन् । 
विकल्प नंम्वर १ राजीनामा 
माओवादी केन्द्र आधिकारीक रुपमा बाहिरिएपछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्। यो अवस्थामा उनको सामु राजीनामा गर्नुको विकल्प छैन। पहिलो संविधानसभाका बेला तत्कालिन एमाओवादीका अध्यक्ष प्रधानमन्त्री भएका बेला एमालेले समर्थन फिर्ता लिदा प्रचण्डले  राजीनामा दिएका थिए। उनले राजीनामा नदिएको अवस्थामा ओलीले संसदमा विश्वासको मत पेश गर्नु पर्नेछ। 
 
विकल्प नंम्वर २ विश्वासको मत लिने 
प्रधानमन्त्री ओलीले हाल सरकारमा कायम दलहरु र बाहिर रहेका अन्य साना दलको समर्थन लिएर विश्वासको मत जुटाउन सक्नु पर्ने छ । अर्कोतिर विपक्षी कांग्रेसलाई समेत सरकारमा ल्याउन सक्ने बाटो एमालेको लागि बाँकी रहेको बताइन्छ । तर यो सम्भावना अत्यन्तै क्षीण रहेको छ। काँग्रेस शुरु देखिनै प्रमुख दुई दलहरु सँगै सरकारमा रहन नहुने पक्षमा रहेको छ। 
 
यसअघि कांग्रेस र माओवादी केन्द्रले सरकार गठनको प्रयास गरिसकेकाले यस्तो गठबन्धनको सम्भावना कम छ। यसबीचमा जसरी माओवादी केन्द्रसंग छलफल भइरहेको थियो त्यसरी कांग्रेससंग एमालेको समेत छलफल भएकाले अवस्था निकै क्रिटिकल छ। साँझ एमाले स्थायी समिति बैठक बस्दा कांग्रेसले समेत बैठक बोलाउने तयारी गरेको छ ।  
 
विकल्प नंम्वर ३ अविश्वास प्रस्तावको सामना 
प्रधानमन्त्री ओलीले सरासर राजीनामा नगरे वा सदनमा विश्वासको मत समेत नलिएको अवस्थामा संसदमा उनले विपक्षी गठवन्धनबाट अविश्वास प्रस्तावको सामना गर्नु पर्ने छ । माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार बनाउन भन्दै ओलीलाई राजीनामा गर्न आग्रह गरेकाले समेत ओलीले त्यसबारे समेत विचार गर्नुपर्ने भएको छ । संविधानको धारा २९८ को उपधारा १३ मा व्यवस्थापिका संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाई सदस्यले प्रधानमन्त्री उपर संसदको विश्वास छैन भनी लिखित रुपमा अविश्वास्वसको प्रस्ताव पेस गर्न सक्ने उल्लेख छ ।
 
ओलीका लागि यि तीन विकल्प अगाडी रहँदा नेपाली काँग्रेस शान्ति प्रक्रियाको मुख्य सहयात्री माओवादीसँग सहकार्य गरेर शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्न नेपाली काँग्रेस तयार रहेको काँग्रेस नेता बालकृष्ण खाँडले बताए। माओवादीका मन्त्रीहरुको राजीनामा आएपछि नयाँ परिस्थितका बारेमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको वैठकमा जुट्ने छ। 
 
राप्रपा र राप्रपा नेपाल तथा सत्तारुढ गठवन्धनका अन्य दलहरु पनि नयाँ गठवन्धनमा आउने विश्वास खाँडको छ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ