arrow

एमाले स्थायी कमिटी साँझ बस्दै

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ । सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता भएपछिको अवस्थाबारे छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज साँझ बस्ने भएको छ । 
 
सरकारको नेतृत्वकर्ता एमालेले सत्ता साझेदार माओवादीको सो निर्णयबारे स्थायी कमिटीको बैठकपछि आधिकारिक प्रतिक्रिया दिने जनाएको छ । माओवादीले सरकारबाट फिर्ता हुने पत्र दिएपछि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य केही मन्त्री तथा पूर्वसभामुख सुवास नेम्वाङ लगायतसँग अनौपचारिक छलफल गरेका छन् । 
 
स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ