arrow

गठबन्धन र मोर्चाले नयाँ सरकारलाई समर्थन गर्ने

सरकारमा नजाने

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
morcha-.jpg.jpeg
काठमाडौं । केपी ओली सरकारबाट आजित संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अब बन्ने सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने भएका छन् । सरकार फेर्नेसंग सरोकार होइन । हामी आफ्ना मुद्दा स्थापित नभए सम्म सरकारका बारेमा सोच्दैनौं, तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले हाम्राकुरासंग भने, ‘माग सम्बोधन नभई अर्को विकल्पमा जाँदैनौं ।’ यद्यपि, यो सरकार ढलिहाले अबको सरकारलाई स्वतः समर्थन हुने जनाउ उनले दिएका छन् । 
 
गठबन्धनमा आवद्ध मेधस केन्द्रीत दलकै नेता लक्ष्मणलाल कर्णले आफुहलाई माओवादी वा कांग्रेस जो सुकैले सरकार बनाएपनि माग सम्बोधनको आधार दिनु पर्ने बताए । माग सम्बोधनको आधार दिए समर्थन गर्ने तर सरकारमा नजाने उनको भनाई छ । तर, कर्णले केपी ओली सरकार अल्पमतमा परिसकेकाले अब राजीनामा दिनै पर्ने बताए । उनले भने, ‘राजीनामा दिनु पर्छ, अब पनि सरकारमा बसिरहनु भनेको नैतिक पतन हुनु हो ।’ 
 
यस्तै, कर्णले प्रचण्डले सरकार बनाएर कसरी मुभ गर्नु हुन्छ त्यसमा भर पर्ने बताउँदै माग पूरा नभई सरकारमा नजाने सुनाए । उनले भने, ‘विश्वास दिलाए बाहिरै बसेर भएपनि सहयोग गर्दछौं ।’ माओवादीले त तपाईहरुकै माग सम्बोधन नभएको भन्दै सरकार छाडेको भनिरहेको छ ? जवाफमा कर्णले भने, ‘कुरा गरेर मात्रै हुँदैन । माग पूरा गर्न सक्नु पर्दछ । त्यसो हो भने हाम्रो माग सम्बोधन होस् । कांग्रेसको हकमा पनि त्यही हो माओवादीको हकमा पनि त्यही हो ।’ माग सम्बोधन नभई कतै जाँदैनौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ