arrow
ADVERTISEMENT

भारतमा बाढीबाट २२ को मृत्यु

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
monsoon-7591.jpg.jpeg
नयाँ दिल्ली । मध्य भारतीय राज्य मध्य प्रदेशमा आएको भीषण बाढीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २२ पुगेको छ । गत २४ घण्टामा सो बाढीमा परी थप सात व्यक्तिले ज्यान गुमाएपछि सो सङ्ख्या २२ पुगेको हो । भारतका विभिन्न सहरमा मनसुनी वर्षासँगै बाढी आएको छ । 
 
बाढीसँग सम्बन्धित घटनामा अन्य ९ जना बेपत्ता भएका प्रान्तीय राजधानी भोपालका वरिष्ठ सरकारी अधिकारीले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । 
 
उता अर्को एक समाचारमा भारतको उत्तरी राज्य उत्तराखण्डमा जारी रहेको अविरल वर्षाका कारण कम्तीमा पनि १३ जनाको ज्यान गएको जनाइएको छ ।
 
गएका केही दिनदेखि उत्तराखण्डमा व्यापक मात्रामा वर्षा भएको र त्यसका कारण बाढी आएको छ । उक्त राज्यको चामोली र दिदीहाटमा आएको बाढीमा परी ती सर्वसाधारण मारिएका हुन् । 
 
सो राज्यको चमोली र दिदीहाट जिल्लामा यस्तो बाढीको प्रकोप सुरु भएको बताइएको छ । ती जिल्लामा अरु पनि ठूलो सङ्ख्याका व्यक्ति प्रभावित भएका छन् । 
 
भौतिक सम्पत्तिको पनि क्षति भएको बताइएको छ । कैयौं घर भत्किएका छन् भने सयौंघर डुबानमा परेका छन् । अधिकारीहरुका अनुसार उत्तराखण्डमा बाढीको प्रकोप अझै बढ्नसक्ने खतरा रहेको मौसमविद्हरुले जनाएका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ