arrow

‘ओलीले तेस्रो बाटो लिनु भो भने प्रचण्डले थेग्न सक्नु होला र !’

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
Prachanda-new-FNL.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरासर राजीनामा दिने वा संसदको सामना गर्नेबारे निर्णय लिँदै छन् । ओली निकट स्रोतले संसदको सामना गर्ने बताइरहँदा सरकार बाहिर रहेका दलहरुले ओलीले तेस्रो बाटो चाल्न सक्ने संकेत गरेका छन् । 
 
संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकार ढालिहाल्छ भन्ने बेला भइनसकेको बताएका छन् । उनले भने, ‘अहिले नै प्रचण्डले सरकार बनाउन सक्लान् भन्नु भन्दा पनि ओलीले के गर्लान् भन्ने विषय महत्वपूर्ण हो । यदी ओलीले तेस्रो बाटो लिनु भो भने, माओवादी केन्द्रलाई प्रतिपक्षि बनाउन सक्छन् । यो सम्भव र सहज बाटो हो ।’ कांग्रेसलाई सरकारमा ल्याएर माओवादी केन्द्रलाई प्रतिपक्ष बताउँदा प्रचण्डले थेग्न सक्नु होला र ? हाँस्दै । 
 
मुख्य कुरा त प्रचण्डले सरकार बनाएर देखाउलान् भन्नेमै द्विविधा देख्छु । भने जस्तो सजिलो छैन–उनले भनेका छन् । सरकार ढल्ने कुरा प्रष्ट भएको छैन । माओवादी वा अन्य कुनै दलको नेतृत्वमा सरकार बन्छ भन्ने समय नै भएको छैन । 
 
राईले भने जस्तै प्रधानमन्त्री निकट स्रोतले ओलीले विश्वासको मत बटुल्ने मनस्थिति बनाइसकेको संकेत आएको छ । यद्यपि, त्यसबारे साँझ ६ बजे बस्ने एमाले स्थायी समिति बैठकको निर्णय र विपक्षी कांग्रेसले वुधबार बिहान गर्ने छलफलले निर्धारण गर्ने छ । 
 
सरकारमा जाने हो त ? त्यही सुनिन्छ ? 
राईले हामी दुई तिहाई बहुमतले संविधान नसच्याए सम्म र नश्लवादी व्यवस्था हटाउने प्रयाप्त सम्भावन नभई सरकारको बारेमा सोच्दैनौं–भने । अनि केही दिनअघि सरकारमा जान खुट्टा उचालेको चर्चा चाँही ? जवाफमा राईले भने, ‘यो सरकार ढाल्ने कदम चाल्नेलाई समर्थन हुन्छ भनेका हौं ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ