arrow

सरकार अल्पमतमा परेपछि बस्यो एमाले स्थायी समिति बैठक

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
pradhanmantri-niwas-baluwatar.jpg.jpeg
कमाठाडौं । एमाले स्थायी समिति बैठक सुरु जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एमाले स्थायी समिति सदस्य तथा एमालेबाट सरकारमा रहेका मन्त्रीहरु समेत सहभागि रहेका बताइएको छ । बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतम समेत सहभागि छन् । 
 
बैठकमा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थिति र अब कसरी जाने भन्ने सन्दर्भमा छलफल भइरहेको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने वा नदिने भन्नेबारे समेत बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
 
उपाध्यक्ष बामदेव गौतम लगायत केही नेताहरुले राजीनामा दिनु नै बेस हुने बताइरहँदा प्रधानमन्त्री ओली संसद अभ्यासमा जाने मनस्थितिमा रहेका बताइएको छ । यसअघि माअाेवादी केन्द्र बाहेकका सत्ता साझेदार दलहरुबीच छलफ भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ