arrow

ओलीले सरासर राजीनामा नदिई हर कुनै परिस्थितिको सामना गर्ने

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
kp-oli-final-final9.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरासर राजीनामा नगर्ने अडान लिएका छन् । माओवादी बाहेकका सत्तारुढ दलहरुको बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफु जस्तो सुकै परिस्थिति सामना गर्ने तर राजीनामा नदिने अडान राखेका हुन् । 
 
अन्य सत्ता घटकहरुले समेत जुन सुकै हालतमा सरकार छाड्न नहुनेमा जोड दिएका छन् ।  उनीहरुले संसदीय प्रक्रियामा जाने निर्णय गरेका छन् ।  उपप्रधान तथा समाजकल्याण मन्त्री सीपी मैनालीले बैठकपछि भने, ‘यो प्रधानमन्त्रीले गल्ति गरे जस्तो खुरुक्क राजीनामा गर्ने परिस्थिति होइन । व्यवधान सिर्जना गर्ने नियतले गरिएको निर्णय हो । यस्तो गर्नु अनुचित हो ।’ संसदीय प्रक्रिया अनुसार गइन्छ । 
 
उपप्रधान तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले चलखेल भएको सुनाउँदै भने, ‘पहिले संविधान बन्न नदिने खेल थियो संविधान बन्यो । यो सरकार बन्न नदिने खेल थियो सरकार बन्यो । यो सरकार टिक्न नदिने खेल थियो टिक्यो । फेरि पनि त्यस्तै घात भो ।’ यो रोग नै हो । 
 
सत्ता घटकहरुको छलफल अनुसार कि त संसदमा विश्वासको मत देखाउने कि विपक्षीले पेश गर्ने अविश्वास प्रस्तावको सामना गर्ने देखिएको छ । नभए तेस्रो बाटोको रुपमा प्रधानमन्त्री ओलीले कांग्रेस संगेको सहकार्य गर्न सक्ने सम्भावना छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ