arrow

माओवादी के गर्ला? सरकार गठनबारेको निर्क्योल कांग्रेसले बैठकपछि गर्ने

दाहाललाई पार्टीभित्रै बाट वाण

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
peris dada.jpg.jpeg
काठमाडौं । ओली सरकारबाट बाहिरिएको माओवादी केन्द्र र कांग्रेसबीच अझै सहमतिय सरकारमा जाने वा बहुमतीय सरकार गठन गर्ने भन्ने विषयमा सहमति नभएको बताइएको छ । माओवादी केन्द्रका नेताहरुले कांग्रेससंग ७ बुँदे लिखित सहमति भएपछि मात्रै सरकार छोडेका भनिरहेका बेला कांग्रेस नेताहरुले त्यस्तो कुनै सहमति नभएको बताएका छन् । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकट मानिने केन्द्रीय सदस्य बालकृष्ण खाँणले ओली सरकारबाट बारिएरपछि मात्रै सरकारबारे ठोस छलफल हुने र सहमति सहकार्य गर्ने भन्ने केही कुरा मात्रै भएको बताएका छन् । उनले भने, ‘हामीले कुनै डकुमेन्टतिर ध्यान दिएका छैनौं । उहाँहरु बाहिरिनु भो अब वुधबार विहान केन्द्रीय कार्य समितिको बैठक बस्छ।
 
बैठकले सभापति एवं संसदीय दलको नेतालाई कसरी अघि बढ्ने भन्ने सैद्धान्तिक सहमतिको खाका पेश गर्ला ।’ त्यसअघि केही भएको छैन । हामीलाई यत्ति मात्र थाहा छ माओवादी हाम्रो १२ बुँदे सम्झौता यताको सहयात्री हो–नेता खाँणले भने । अब उहाँहरु बाहिर आइसकेपछि प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प छैन । तर, उनले ७ बुँदे सहमति भएको हो वा होइन भनेनन् ।  
 
माओवादीले अझै पनि कस्तो सरकार बनाउने भन्ने भ्रम चिर्न सकेको छैन । दिउँसो पत्रकार सम्मेलन हुँदा पनि अब राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्नेमा जोड दियो । यद्यपि, कांग्रेसले बारम्बार संविधान कार्यान्वयका लागि समन्वय र सहकार्य गर्ने तर सरकार बहुमतकै चलाउने अडान राख्दै आएको छ ।
 
कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने, ‘सहमति गर्ने विषयमा अझै माओवादी क्लियर भएको छैन । सहमति हो भने कति दलको सहमति त ? मलाई त विश्वास छैन अहिले कहाँ सहमतिको सरकार बन्ला र ! माओवादीले अझै फेस सेभिङ गर्ने परिपाटी त्यागेको छैन ।’ हामी प्रतिपक्षमा बसिरहेकाले सहमतीय सरकारमा जाने भन्ने बटम लाइन नै होइन । अनि लिखित सहमति गरेर दाहाललाई प्रधानन्त्रीमा समर्थन गर्ने भन्नु भएको छ रे ? जवाफमा उनले भने, ‘यो डकुमेन्ट उहाँहरुले एमालेसंगको असन्तुष्टीका आधारमा बनाउनु भएको होला । फेस सेभिङका लागि होला । आफु सेफ ल्याण्ड गर्ने जुक्ति होला । मलाई त यस्तो सहमति भएकोबारे जानकारी छैन ।    
 
दाहाललाई पार्टीभित्रै बाट वाण 
माओवादी केन्द्रको दोस्रो वरियतामा कहलिने नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे मिडियाबाट खबर पाएको सुनाएका छन् । मिडियामा खबर आएको निकै समयपछि पार्टी अध्यक्ष दाहालले फोन गरेको उनले सुनाएका छन् । उनले निर्णय अपारदर्शी ढंगले भएको भन्दै पार्टीको बैठकमा असन्तुष्टि राख्ने सुनाए । आफुले राख्ने असन्तुष्टी बाहिर नभन्ने भन्दै उनले पार्टीको बैठकमै सुनाउने बताए । 
 
सोमबारको केन्द्रीय कार्यालय बैटकमा श्रेष्ठले ओली सरकारबाट बाहिरिएपछि आउने खतराहरु औंल्याएका थिए । नारायणकाजीले ओली सरकार ढलेमा वामपन्थी एकता भत्कने, मुलुक बहुमतिय झमेलामा फस्ने एवं अस्थिरता आउने, बजेट कार्यान्वयन नहुने र चिनियाँ राष्ट्रपति सी जिनपिङको ऐतिहासिक भ्रमणबाट हुने सम्बन्ध विकास टुट्ने खतरा औंल्याएका हुन् । विनियोजन विधेयक मात्रै पारित भएको अवस्थामा सरकार छोड्न नहुने उनको भनाई छ । सरकारले अझै खर्च तथा ऋण सम्बन्धि विधेयक पारित गर्न बाँकी नै छ । 
 
यसअघि माओवादीभित्र चार धार देखिएका थिए । पार्टीको निर्णयले मन्त्रीहरुभने फिर्ता भएका छन् । तर, अझै तीन धार बाँकी छन् । नारायणकाजी धार र उता भरखर फिर्ति भएका देव गुरुङहरु समेत पार्टीको छलफल र निर्णयबारे अनविज्ञता जनाउँछन् । गुरुङले समेत पछिल्ला छलफलबारे आफुलाई जानकारी नभएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ