arrow

सिजनको सुरुवातमा आर्सनललाई झट्का, ब्रेन्टफोर्डको सानदार सुरुवात

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३० शनिबार
Brentford-arsenal.jpg

काठमाडौं। ईङल्याण्डको घरेलु फुटबल लिग 'ईङलिश प्रिमियर लिग' २०२१-२२को सत्र सुरु भएको छ। लिगको पहिलो खेलमा ब्रेन्टफोर्ड फुटबल क्लबले चिरपरिचित क्लब आर्सनललाई पराजित गरेको छ। 

७४ वर्षपछि पहिलो श्रेणी फुटबलमा फर्किएको ब्रेन्टफोर्डले आर्सनललाई स्तब्ध पार्ने क्रममा दुई गोल गरेको थियो । जवाफमा आर्सनलले कुनै गोल फर्काउन सकेन। आर्सनलका अग्रपङ्क्तिका खेलाडीद्वय एलेक्जेन्डर लकाजाटे र एमेरिक औबामियाङको अनुपस्थितिमा आर्सनलका अग्रपङ्क्तिले आफ्नो कौशल देखाउन सकेन। 

खेलको २२औं मिनेटमा सर्जी कानोसले दर्शनीय गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए। त्यसैगरि खेलको ७४औं मिनेटमा क्रिस्चियन नियोगाडले गोल गर्दै जित सुनिश्चित पारेका थिए। 

ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलको माहौल निकै तातिएको थियो। घरेलु दर्शकहरूको खुसीको सीमा थिएन। कोभिडका कारण करिब डेढ सिजन दर्शक र समर्थकविहीन भएर खेलिरहेका क्लबहरूलाई राहत पुगेको छ । समर्थक र दर्शक खेलका अभिन्न अङ्ग हुन् भन्ने यो डेढ वर्षमा विश्वले बुझिसकेको छ। 

प्रिमियर लिगका शनिवारका खेलहरूमा म्यानचेस्टर युनाईटेडले लिड्स युनाईटेडको सामना गर्नेछ। त्यसैगरि लिभरपुलले नर्विच सिटसँग खेल्नेछ । शनिवार हुने अरू खेलहरूमा वर्नली-ब्राईटन, चेल्सी-क्रिष्टल प्यालेस, एभर्टन-साउथ्याम्पटन, लेस्टर-उल्भ्स र वार्टफोर्ड-एस्टनभिला रहका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ