arrow
ADVERTISEMENT

इटाली रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

logo
प्रकाशित २०७३ असार २९ बुधबार
train-clash.jpg.jpeg
रोम । इटालीको दक्षिणमा अवस्थित पुग्लियामा मङ्गलबार दुई रेल आपसमा ठोकिँदा भएको दुर्घटनामा परीे मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । उद्धारमा सम्लग्न सुरक्षाकर्मीकाअनुसार मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ ।
 
इटालीको सुरक्षाकर्मीसहितका करिब दुई सय जनाको उद्धार टोलीले दुर्घटनास्थल पुगी कुच्चिएका रेलका डब्बाबाट रेलभित्र रहेका मानिसको उद्धार गरी अस्पताल पठाइएको छ । 
 
पुग्लियाको एन्ड्रिया सहरस्थित एकल लिकमा भएको उक्त दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेमध्ये १८ जनाको स्थिति गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् । 
 
दुर्घटना मानवीय त्रुटीका कारण भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ