arrow

नयाँ सरकारको समीकरणका लागि काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

logo
प्रकाशित २०७३ असार २९ बुधबार
nepali-congress-flag.jpg.jpeg
काठमाडौं । नयाँ सरकार गठनका विषयमा छलफल गर्न अहिले नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा बस्दै गरेको बैठकमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिएपछि नयाँ सरकारको समीकरण कसरी तयार पार्ने भन्ने विषयमा निक्र्यौल गर्नेछ । संसदको सबैभन्दा ठूलो दल भएका नाताले पनि काँग्रेसको अबको भूमिका महत्वपूर्ण हुन्छ । 
 
बैठकमा माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जाने वा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा कांग्रेसभित्र दुई खाले धारणा रहेको छ। बैठकले माअ‍ोवादीको समर्थन बिना कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने परिस्थिति नभएकाले माओवादीकै नेतृत्वमा सरकारमा सहभागी हुने बारे निर्णय बैठकले लिने एक नेताले बताएका छन् । 
 
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनका विषयमा कांग्रेसले छलफल सुरु गर्न लागेको हो। 
सरकारबाट माओवादी बाहिरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेकाले राजीनामा दिनु पर्ने र ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेश गर्ने कांग्रेस र माओवादीले प्रतिक्रिया दिएका छन्। 
 
काँग्रेस र माओवादीबीच भएको भनिएको लिखित सहमतिले आलोपालो सत्ताको नेतृत्व सम्हाल्ने प्रतिवद्धता जनाएको पाइन्छ । पहिले माओवादीले नेतृत्व सम्हाल्ने अनि त्यसपछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख छ । 
 
काँग्रेसभित्रै भने काँग्रेसकै नेतृत्वमा पहिले सत्ता संचालन हुनुपर्नेमा एकखाले जनमत तयार हुँदै गर्दा यो जोडिन नपाउँदैको गठबन्धन कत्तिको मजबुद हुने हो भन्ने शंका पनि उत्तिकै बढेको एक नेता बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ