काठमाडौं । व्यवस्थापिका संसद बैठक केही समयका लागि स्थगित भएको छ । विहान ११ बजेका लागि डाकेको बैठक विशेष कारण देखाउँदै दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।
बैठक सूचना टाँस गरी स्थगित भएको कुइँकेलले बताएका छन् । संसद वैठक अघि दलहरुले आपसी छलफल गर्ने समय मागेकाले बैठक स्थगित भएको हो ।