arrow

‘संसदमा पहिले अविश्वास प्रस्ताव दर्ता गर्ने अनि बजेट पास गर्न दिने’

मन्त्रीको राजीनामा बुझाउने जिम्मा टोपबहादुरलाई

logo
प्रकाशित २०७३ असार २९ बुधबार
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद बैटकमा आजै अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वमा बसेको संसदीय दलको बैठकले ३ बजे भित्र प्रधानमन्त्रीलाई राजीनामा गर्न आग्रह गर्दै अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । यद्यवि, अविश्वास प्रस्ताव दर्ता गरेपछि बजेट पास भने गर्न दिने निर्णय माओवादीले गरेको छ । 
 
संसिद बैठक उच्चस्तरीय राजनीतिक संयन्त्रको छलफलका लागि स्थगित भएकाले प्रधानमन्त्रीलाई सोच्ने समय दिइएको माओवादी नेता गिरिराजमणी पोखरेलले जानकारी दिए । शिक्षा मन्त्री समेत रहेका पोखरेलले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न दिउँसो तीन बजेसम्म ‘समय दिँदै’ त्यतिन्जेल पर्खने निर्णय गरेको सुनाए । 
 
त्यस बेलासम्म राजीनामा नआए कांग्रेस र माओवादी मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने जानकारी उनले दिए । उनले भने, ‘सभामुखले बोलाएको बैठकमा एमालेले राजीनामा नदिने बरु हाउसको सामना गर्ने जनाएपनि हामीले यस्तो निर्णय गरेका हौं ।’ फेरि पनि सोच्ने समय छ । 
 
मन्त्रीको राजीनामा बुझाउने जिम्मा टोपबहादुरलाई 
बैठकमा मन्त्रीहरुको राजीनमा बुझाउने जिम्मा टोप बहादुर रायमाझिलाई दिइएको जानकारी दिए । उनले भने, ‘अहिले टोपबहादुर जी ले हामी सबै मन्त्रीहरुको राजीनामा प्रधानमन्त्रीलाई बुझाउँदै हुनु हुन्छ ।’ सबै मन्त्रीको एक मुष्ट राजीनामा हुँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ