arrow

मधेसी मोर्चाले नयाँ प्रधानमन्त्रीलाई मतदान गर्ने

logo
प्रकाशित २०७३ असार २९ बुधबार
morcha-.jpg.jpeg
काठमाडौं । कांग्रेस र माओवादी केन्द्रबीच नयाँ सरकार बनाउने समीकरण बनेपछि मधेसी मोर्चाका नेताहरु समेत सक्रिय भएका छन् । उनीहरुले सरकारमा जाने वा सदनमा सहयोग गर्ने भन्ने सन्दर्भमा छलफल थालेका छन् । आन्तरिक छलफलपछि आजै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने बताइएको छ । 
 
आन्तरिक छलफलकै बीचबाट संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तनमा राजनीतिक माहोलबारे छलफल भइरहेको बताएका छन् । हाम्राकुरासंग उनले भने, ‘नयाँ सरकारमा जाने भन्ने मनस्थितिमा अझै पुगेका छैनौं । कसैले हामीले उठाएका मागमा लिखित प्रतिवद्धता जनाउँछ भने हामी सदनमा भोट हाल्ने जाने की भन्ने सम्म पुगेका छौं ।’ यद्यपि, यादवले यसो भनिरहँदा मोर्चासहितको गठबन्धन सरकारमा जाने चर्चा भइरहेको छ ।  
 
यस्तै, सद्भावना महामन्त्री मनीष सुमनले हाल सम्म कोही माग्न आएको छैन–भने । उनले भनेका छन्, ‘बैठकको तयारी भइरहेको छ । हामी उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्दै छौं । कसैले ११ बुँदे माग पूरा गर्छु भन्छ भने मतदानमा जान्छौं ।’ कुनै पनि प्रधानमन्त्रीको उम्मेद्वारले हामी कहाँ आएर ११ बुँदे मान्दछु भनेपछि हामी सरकारमा नगएपनि सघाउँछौं । अनि अस्तिबाटै खुट्टा उचालेको भन्ने आइराछ ? जवाफमा उनले भने, ‘सरकारमा जाने भन्दा पनि सदनमा भोट हाल्न जाने सम्म भन्ने कुरा आएको होला ।’ सरकारमा जाने भन्ने कुनै मनस्थिति बनिसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ