arrow

गौरिका र शिरिष रियो ओलम्पिक खेल्ने पक्का

logo
प्रकाशित २०७३ असार २९ बुधबार
gaurika-FNL-new.jpg.jpeg
काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिकमा भाग लिने नेपाली पौडीबाजको टुंगो लागेको छ । विश्व पौडी संघले नेपालको तर्फबाट साग पदक धारी गौरिका सिंह र राष्ट्रिय कीर्तिमान धारी शिरिष गुरुङलाई छनोट गरेको छ । 
 
विश्व पौडी संघ फिनाले खेलाएका ओलम्पिक क्वालिफाईमा गौरिका र सिरिशले आफुले बनाएका राष्ट्रिय कीर्तिमान सुधार गर्दै रियो ओलम्पिकको यात्रा तय गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । उनले भने, ‘गौरिका र शिरिषले राम्रो गरे, उनीहरुले आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमान समेत सुधार गरेका छन् ।’ विश्व पौडी संघ आफैले छनोट गरेको हो । 
 
गौरिका र शिरिष अहिले पनि अभ्यासमै रहेका छन् । गौरिका बेलायतमा अभ्यास गरिरहेको र शिरिष सातदोबाटो स्थित पौडी केन्द्रमै अभ्यास गरिरहेका छन् ।  
 
भारतको गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद सागमा गौरिकाले पौडीमा नेपाललाई पहिलो ऐतिहासिक पदक दिलाउँदा व्यक्तिगत चार वटा पदक हासिल गरिन् । पदकविहिन रहेको पौडीलाई उनले कांस्य हुँदै रजत दिलाईन् ।    
 
सागमा उनले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा रजत जितिन् । ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्याकस्ट्रोक र २०० सय मिटर ब्याकस्ट्रोकमा उनले कांस्य जितेकी थिइन्। एउटै खेलको विविध विधामा उनले कीर्तिमान राख्दै नेपाललाई सफलता दिलाएकी थिइन् । 
 
गौरिका शान्ति शिक्षा अभियान नेपालकी सद्भावना दुत समेत रहेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ