arrow

अाेली सरकार विघटन गर्न मोर्चाले समर्थन गर्ने

logo
प्रकाशित २०७३ असार २९ बुधबार
upendra-yadav-600x0.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ । 
 
संघीय गठबन्धनका संयोजक एवं सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका–संसद भवन नयाँबानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने र नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको जानकारी दिए ।  
 
नयाँ बन्ने सरकारले मोर्चाले उठाएका माग तथा विगतका सम्झौता कार्यान्वयन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छ, त्यसले सरकारलाई सहयोग गर्ने र सहभागी हुने आधार तय गर्छ –यादवले भने ।  
 
सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको परिस्थितिका बारेमा प्रमुख दलहरुबीच छलफल जारी छ ।
 
प्रमुख विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ