arrow

उपसभामुखको गाडी दूर्घटना भएको थाहै भएन !

logo
प्रकाशित २०७३ असार २९ बुधबार
gadhi--upasabhamukh.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसद्का उपसभामुख गंगाप्रसाद यादवको गाडी दूर्घटना भएको कुरा पाँच दिन पनि बाहिर आएको छ ।  असार २५ गते सप्तरीबाट विराटनगर जानेक्रममा गाडीको सबै भाग क्षतविक्षत हुनेगरी दूर्घटना भएको भएपनि यस विषय बुधबार मात्रै बाहिर आएको हो । 
 
उपसभामुख यादवका स्वकीय सचिव रञ्जीत कुमार यादवले उपसभामुख चढ्ने बा २ झ १४३८ नम्बरको कार दूर्घटना भएको जानकारी दिए । उनले उपसभामुख यादवलाई लिन विराटनगर विमानस्थल आउने क्रममा टायर पञ्चर भएर गाडी अनियन्त्रित भई पल्टिएको पनि जानकारी दिए । 
उक्त दूर्घटनामा गाडीका चालक इन्द्रजीत क्रान्तिलाई चोट लागेपछि उनलाई उपचारको लागि काठमाडौं ल्याईएको थियो । क्रान्तिको अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा उपचार भईरहेको पनि उपसभामुखका स्वकीय सचिव यादवले जानकारी दिए । 
 
यसरी उपसभामुखकै गाडी दूर्घटना भएको पाँचदिनसम्म पनि कसैले पनि थाहा नपाएपनि सामाजिक सञ्जालमा उनको दूर्घटनाग्रस्त गाडीको तस्वीर भेटिएपछि यस विषयमा कुराकानी गर्दा यादवले उक्त कुरा पुष्टि गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ