arrow

मन्त्रालयको विदाई भेटपछि कमल थापाले फेरि द्विविधा सिर्जना गरे

logo
प्रकाशित २०७३ असार २९ बुधबार
news-kamal-thapa-new-lll.jpg.jpeg
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मन्त्रालयका पदाधिकारीसंग विदाई भेट गरेका छन् । राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाका अनुसार ‘उपप्रधानमन्त्री कमल थापाले मन्त्रालयका बरिष्ठ अधिकारीहरुसंग बिदाई भेट गरेका हुन् । 
 
यद्यपि, पार्टीले नीतिगत निर्णय नगर्ने बताइएको छ । सामाजिक संजाल ट्वीटरमा उपप्रधानमन्त्री थापाले ट्वीट गर्दै भनेका छन्, ‘मन्त्रालय संचालनमा सहयोग गर्ने सबैमा हार्दीक आभार ।’ तर थापाको एक पछि अर्को ट्वीटले द्विविधा सिर्जना गरेको छ ।
 
अर्को ट्वीटमा उनले ‘राजीनामा, विश्वासको मत र अविश्वासको प्रस्तावको सामना, प्रमले जुन निर्णय लिए पनि राप्रपा नेपालले साथ दिनेछ ।’ थापाले विदाई भेटको ट्वीट पछि राप्रपा नेपालको बैठकले गरेको समीक्षाको ट्वीट गर्दै साथ नछोड्ने जनाए । 
 
तर, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलहरु समेत सरकारबाट बाहिरिन लागेको सूचना यसअघि चुहिएको थियो । थापाले विदाई भेट गर्नुलाई अब बन्ने माओवादी–कांग्रेसको सरकारमा सहमागि हुने संकेतको रुपमा लिइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ