arrow

माओवादी केन्द्रका मन्त्रीद्वारा सामूहिक राजीनामा

logo
प्रकाशित २०७३ असार २९ बुधबार
ucpn-maoist-office.jpg.jpeg
काठमाडौँ । वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र) का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् । 
 
प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आज आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाएका हुन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उपप्रधानमन्त्री रायमाझीले केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा पत्र बुझाउनुभएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले  जानकारी दिए । 
 
माओवादी केन्द्रले एमालेसित भएको नौबुँदे र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै मङ्गलबार सरकारबाट फिर्ता हुने र आफ्नो नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रसको सहयोगमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । 
 
केन्द्रको पदाधिकारी बैठक र संसदीय दलको बैठकले सरकार अल्पमतमा परेको भन्दै प्रम ओलीलाई राजीनामा दिई मार्गप्रशस्त गर्न आग्रह समेत गरिसकेको छ । केन्द्रले आजै व्यवस्थापिका–संसद् बैठक बस्नुअघि नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जनाएको छ । 
 
प्रम ओलीको नेतृत्वमा २०७२ साल असोज २४ गते तत्कालीन एनेकपा ९माओवादी० सरकरमा सहभागी भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ