arrow

दैवी प्रकोपबाट बाँकेमा ७५ जनाको मृत्यु

logo
प्रकाशित २०७३ असार २९ बुधबार
Banke-hamrakura.jpg.jpeg
बाँके (खजुरा)। चालु आर्थिक वर्ष २०७२/७३मा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । 
 
बाढी, हावाहुरी, आगलागी, चट्याङ लगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको हो । 
 
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घर गोठ क्षति भएका छन् । 
 
यस्तै २७३ पशु चौपाया मरेका छन् । मध्यपश्चिमाञ्चलका अधिकांश जिल्लामा बाढी र आगलागीका घटनाबाट धेरैको ज्यान जाने गरेको छ । अन्य क्षेत्र भन्दा मध्यपश्चिममा दैवी प्रकोपका घटनामा जनधनको क्षति कम हुने गरेको सो कार्यालयले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ