arrow

‘नवयुग’ स्पोर्ट्स अवार्डको उत्कृष्ठ वर्ष खेलाडी मनोनयनमा पनि

प्रशिक्षकमा बालगोपाल महर्जन र जगत टमाटा उत्कृष्ठ पाँचमा

logo
प्रकाशित २०७३ असार २९ बुधबार
SPORT-AWARD.JPG.jpeg
काठमाडौं । नेपाली फुटबल स्टार नवयुग श्रेष्ठ पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ठ वर्ष खेलाडीको मनोनयनमा समेत परेका छन् । यसअघि, पिपुल्स च्वाइसमा परेका उनी उत्कृष्ट वर्ष खेलाडीको मनोनयमा समेत परेका हुन् ।
 
नेपाल खेलकुद पत्रकार मञ्चले वुधबार सार्वजनिक गरेको मनोनयनमा उत्कृष्ठ पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षकमा ५—५ जनाको मनोनयन सार्वजनिक गरेको हो । अवार्ड घोषणा आगामी साउन ६ गते प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ  ।
 
पल्सर स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस, वर्षका उत्कृष्ट पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी र समग्रमा नेपाली खेलकर्मीलाई सम्मानित गर्ने मञ्चको तयारी छ । 
 
वर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलबाट नवयुग श्रेष्ठ, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोका वीरबहादुर महरा र फुटबलका विकेश कुथु मनोनयनमा परेका छन् । महिलातर्फ जुडोकी फुपू ल्हामु खत्री, उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की छन् । 
 
त्यसैबीच, वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, जुडोकी मनीता श्रेष्ठ प्रधान, फुटबलका अन्जन विष्ट र क्रिकेटका सन्दीप लामिछाने परेका छन् ।  उत्कृष्ट वर्ष प्रशिक्षकमा फुटबलबाट बालगोपाल महर्जन, उसुबाट प्रकाश महर्जन, जुडोबाट दलबहादुर गुरुङ, फुटबलकै राजुकाजी शाक्य र क्रिकेटका जगत टमाटा उत्कृष्ट ५ भित्र परेका छन् । 
 
मञ्च सचिव राजु घिसिङको संयोजक तथा निरन्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ, आदर्श ढकाल र प्रज्वल ओली सदस्य रहेको सात सदस्यीय खेलाडी छनोट समितिले २०७२ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरिएको प्रदर्शन तथा हात पारेको नतिजाको नतिजाको आधारमा मनोनयन सूची तयार पारेको हो । जसलाई मञ्चको कार्यसमितिले अनुमोदन गरेपछि सार्वजनिक भएको बताइएको छ । 
 
वर्षका उत्कृष्ट पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डमा भने कार्यक्रमकै दिन विजेताको घोषणा गरिनेछ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ