arrow
ADVERTISEMENT

दश हजार सिरियालीलाई अमेरिकाले शरण दिने

logo
प्रकाशित २०७३ असार २९ बुधबार
kerryjhon.jpg.jpeg
वासिङ्गटन यस आर्थिक बर्षमा अमेरिकाले १० हजार सिरियाली शरणार्थीलाई शरण दिने भएको समाचार छ । अमेरिकी राष्ट्रपति बाराक ओमाबाले सो प्रतिबद्धता जाहेर गरेको विदेशमन्त्री जोहन केरीले मङ्गलबार घोषणा गरेका छन् । 
 
अमेरिकाले सिरियालीलाई शरण दिने काममा ढिलाई गरिरहेको भन्दै अमेरिकामा विपक्षीहरुले बाराक ओबामाको विरोध गरेका थिए । यसै अवस्थामा विदेशमन्त्री केरीले सो घोषणा गरेका हुन् । 
 
सिरियामा हवाई अक्रमणमा, १४ को मृत्यु 
 
सिरियाको प्रान्तीय राजधानी राकामा मङ्गलबार इस्लामिक स्टेट समूहलाई लक्ष्यगरी गरिएको एक हवाई आक्रमणमा १४ जना सर्वसाधारण नागरिक मारिएका छन् । केही दिनयता सिरियाली सैनिकले आइएसका विरुद्धमा भन्दै स्थलगत तथा हावाई कारबाही थालेको छ । सो कारबाहीमा परी कैयौँ सर्वसाधारणको ज्यान जाने गरेको बताइएको छ । 
 
सो हवाई आक्रमणमा मारिनेमा बालबालिका पनि परेका छन् । यस आक्रमणमा परी अन्य दर्जनौँ व्यक्ति घाइते भएका र तीमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 
 
रसियाली समर्थक सेनाबाट भएको यस हवाई आक्रमण आइएस लक्षित रहेको बताइएको छ । तर त्यसमा परी आइएसका कुनै लडाकू भने हताहत भएका छैनन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ