arrow

सरकारको तनावले भानु जयन्तीमा गएनन् प्रधानमन्त्री, ३३ वर्ष देखिको रीत भङ्ग

logo
प्रकाशित २०७३ असार २९ बुधबार
bhanu-bhakta-pargya.jpg.jpeg
काठमाडौं । नेपाललाई भारतीय सरकारसामु नझुकाएर नेपालीबीचमा हाइहाई कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषालाई भने आफ्नोपन दिन नसकेको भन्दै साहित्यकारहरूले कडा आलोचना गरेका छन् ।
 
वुधबार आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा २०३३ सालदेखिको परम्परा तोड्दै प्रधानमन्त्री ओली अनुपस्थित भएपनि कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकारहरू आक्रोशित समेत बनेका थिए । यद्यपि, ओली भने सरकारबारे उत्पन्न राजनीतिक परिस्थितिको सामना गरिरहेका छन् ।  
 
भानुप्रतिष्ठानले बुधबार नेपाल प्रज्ञाप्रतिष्ठानमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित हुने भनेर पूर्व जानकारी प्राप्त भएको भएपनि पछि अन्तिम समयमा उपस्थित हुन नसक्ने सूचना गरेपछि कार्यक्रममा उपस्थित सबै साहित्यकार निराश बने । 
 
भानु प्रतिष्ठानका उपाध्यक्ष डीपी अर्यालले प्रधानमन्त्रीलाई पटक–पटक आग्रह गर्दा पनि उनी कार्यक्रममा उपस्थित नभएको आरोप लगाएका छन् । ‘हामीले पटक–पटक आग्रह ग¥यौँ, तर, कुनै स्वकीय सचिव आउनुहुन्छ भन्ने र कुनै आउनुहुन्न भन्दै फोन गरेर कुरा विगार्ने प्रवृत्तिले नेपाली भाषा प्रति नै अपमान भएको सिंगो प्रतिष्ठानले महशुस गरेको छ’–उनले भने । 
 
त्यसो त लामो समय देखिको परम्परा तोड्दा भाषा साहित्यमा नै निराशा छाउने भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले पनि बारम्बार आग्रह गर्दा पनि उनी नआएपछि सिंगो प्रज्ञा प्रतिष्ठान समेत दुखि बनेको प्रतिष्ठानका पदाधिकारीहरू बताउँछन् । 
 
अहिले सरकार परिवर्तनको हल्लाले समग्र नेपाली राजनीति तताइरहेको बेलामा प्रधानमन्त्रीको यो अनुपस्थिति असामान्य भएपनि लामो समयदेखिको यो परम्परा तोड्दा नेपाली भाषा प्रेमीहरूले दुःखमनाउ व्यक्त गरेका छन् । कार्यक्रममा विभिन्न साहित्यकारसँगै सेना प्रमुख राजेन्द्र क्षत्री लगायत उपस्थित रहे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ