काठमाडौं । संघीय गठबन्धनमा आवद्ध तराई-मधेस केन्द्रीत दलहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाएका छन् । संसदभित्र रहेको मधेसी मार्चा र थरुहट तराई पार्टीको गठबन्धन बैठकले अविश्वास प्रस्ताव सम्म दोस्ती गर्ने निर्णय गरेको हो ।
व्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेपछि केपी शर्मा ओलीको सरकारले विश्वासको मत जुटाउने सम्भावना लगभग समाप्त भएको छ । ओलीलाई मोर्चाको मत भए विश्वासको मत जुटाउन पुग्ने अवस्था थियो । अव ओली संकटमा परेका छन् ।
कांग्रेसले आधिकारीक पत्र पठायो
वैठकमा सहभागि मोर्चा नेता सवेन्द्रनाथ शुक्लले आफुहरुलाई कांग्रेसले आफुहरुको सहकार्यमा सघाउन भने अफिसियल रुपमा पत्र पठाएको जानकारी दिए । उनले भने, ‘पत्र आएको छ । पत्रमा हामीलाई सदनमा सघाउन भनिएको छ ।’ त्यसपछि हामी १८ जना सांसदले हस्ताक्षर गरेका छौं । उनले थपे, ‘मोर्चा र थरुहटसंग ४३ जना सांसद छन् । ती सबैले मतदान गर्छन् ।’
देउवा र प्रचण्ड संगै आए, हाम्रो बैठकमा बसे
संसदमा रहेका मधेस केन्द्रीत दलको बैठकमा नयाँ सरकारको नेतृत्व गर्ने भनेका माओवादी अध्यक्ष पुष्प कमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा संगै आएर बसे । दाहाल र देउवाले आफुहरुलाई सघाउन भनेको नेता शुक्लले हाम्राकुरालाई सुनाए । यद्यपि, दाहाल–देउवाले सरकारमा आउन भन्ने विषय झिकेनन् । शुक्लले भने, ‘उहाँहरुलाई थाहा छ, हाम्रो माग सम्बोधन नभए सम्म हामी सरकारमा जाँदैनौं ।’ हामी सरकारमा जाने विषय सम्म पुगेकै छैनौं । अविश्वास प्रस्ताव सम्मको दोस्ती पक्का भो ।