arrow

व्यवस्थापिका संसद्को आजको बैठक स्वतः स्थगित

logo
प्रकाशित २०७३ असार २९ बुधबार
CA-Bicc-1.JPG.jpeg
काठमाडौं। व्यवस्थापिका संसद्को बुधबारको बैठक अपराह्न ३ बजे बस्न नसकेपछि स्वतः स्थगित भएको छ। बुधबार विहान ११ बजेको लागि बोलाईएको संसद् बैठक अपराह्न तीनबजेसम्मको लागि स्थगित भएको भएपनि विना सूचना दुईघण्टासम्म बस्न नसकेपछि संसदीय व्यवस्था नियमावली अनुसार स्वतः स्थगित भएको छ। 
 
उच्चस्तरीय राजनीतिक संयन्त्रले थप छलफलको लागि भन्दै केही समयको माग गरेपछि ११ बजेको बैठक ३ बजेसम्मको लागि स्थगित गरिएको थियो। तर, सभामुख ओनसरी घर्तीको प्रयासका बावजूत पनि साँझ ५ बजेसम्म बैठक बस्न नसकेपछि स्वतः बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ