arrow

नेपाल र भारतीय महिला भलिबल टोलीबीच मैत्रिपुर्ण खेल

logo
प्रकाशित २०७३ असार २९ बुधबार
nepal-vs-india-vollu-ball-new.JPG.jpeg
काठमाडौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय टिमबीच मैत्रिपुर्ण दुई खेल हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा श्रावण १३ र १४ नेपालले भारतसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो । 
 
त्रिपुरेश्वरस्थीत कभर्डहलमा हुने खेलमा नेपाली महिला टोलीले चिरपरिचित प्रतिद्धन्द्धी भारतको राष्ट्रिय महिला टोलीसँग नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने छन् । नेपाल भलिबल सघंले विहिबार एक पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको छ । 
 
मैत्रिपुर्ण खेलका लागि लगनखेल स्थित नेपाल आर्मीको कभर्डहलमा १७ सदस्ययी खेलाडीले प्रशिक्षण गरि रहेका छन् । गत असार ४ गतेदेखि राष्ट्रिय टोली छनोटका लागि खेलाडीको प्रशिक्षण शुरु गरीएको नेपाल भलिबल सघंले जनाएको छ । 
 
नेपाली महिला टोलीले गत बर्ष नेपालमै आयोजना भएको दक्षिण एसियाली प्रतियोगितामा उपविजेता र भारतमा भएको दक्षिण एसियाली खेलकुद(साग)मा तेस्रो स्थानमा चित्त बुझाएको थियो ।
 
त्यस्तै बन्द प्रशिक्षण रहेका खेलाडी तथा प्रशिक्षकको होटल ब्यवस्थापनका लागि शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व राष्ट्रिय खेलाडि रन्जन खड्काले आर्थीक सहयोग प्रदान गरे । 
 
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष खड्काले एक लाख ५० हजार बराबरको चेक नेपाल भलिबल सघंका अध्यक्ष मनोरमन रञ्जन शर्मालाई हस्तान्तरण गरे । त्यस्तै समाज सेवी तथा नेपाल भलिबल संघका पूर्व सदस्य बिनोद सुवेदी र नाशा इन्टरनेश्नल कलेजका अध्यक्ष प्रकाश थापाले पनि भलिबल खेल विकासका लागि आर्थीक सहयोग प्रदान गरे ।  
 
भलिबल सघंका पुर्व सदस्य सुवेदीले २ लाख र नाशा इन्टरनेश्नल कलेजका अध्यक्ष थापाले १ लाख बराबरको चेक सघंका अध्यक्ष शर्मालाई हस्तान्तरण गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ