arrow

स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट कमल थापा अलग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ५ शनिबार
kamal-thapas.JPG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएको घोषणा गरेका छन् ।

शनिबार विहान सामाजिक सञ्जालमार्फत थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका छन् ।

आफूले लिइरहेको उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एक जनालाई लिन पनि आग्रह गरेका छन् । यदी अध्यक्षद्वयले उक्त जिम्मेवारी नलिएको अवस्थामा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन थापाको आग्रह छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ