arrow

विश्वमा सर्वाधिक कमाउने सेलिब्रेटी : कसको सम्पति कति

फोर्ब्सको सूचिमा गायिका टेलर स्विफ्ट पहिलो स्थानमा, बलिउडबाट शाहरुख र अक्षय

logo
प्रकाशित २०७३ असार २९ बुधबार
talorsarupakshaya.jpg.jpeg
एजेन्सी । फोर्ब्सले सन् २०१६ मा सबैभन्दा ज्यादा  कमाउने विश्व भरका टप- १००  सेलिब्रिटीको सूची सार्वजनीक गरेको छ । सूचिको प्रथम स्थानमा अमेरिकी गायिका टेलर स्विफ्ट रहेकि छन् । सन् २०१६ मा उनको कुल कमाई १ हजार १४० करोड भारतिय रुपैया रहेको छ । 
 
 
सो सुचीमा बलिउडबाट शाहरुख खान र अक्षय कुमार  रहेका छन् । यस  पटकको सुचिमा  सलमान, आमिर, अमिताभ बच्चन र महेन्द्र सिंह धोनी  रहेका छैनन् ।
 
 सन् २०१५ मा अक्षय  फोर्ब्सको सुचिको ७६ औँ स्थानमा रहेका थिए । यस पटक उनि १८ स्थान तल झर्दै ९४ औँ स्थानमा रहेका छन् । उनको कमाइ २११ करोड भारतिय रुपैया रहेको छ  । शाहरुख करीब २२१ करोड रुपैया कमाईका साथ सुचिको ८६ औँ स्थनामा रहेका छन् । 
 
फोर्ब्सका अनुसार शाहरुख लगातार हिट चलचित्रका कारण  बलिउड बक्स अफिसमा राज गरिरहेका छन् । शाहरुख चलचित्रबाट करोडौ रुपैया कमाइ रहेका छन् । उनि चलचित्र मात्र नभएर कयौ विज्ञापनबाट पनि राम्रो पैसा कमाउने गरेको फोर्ब्सले जनाएको छ । 
 
फोर्ब्सका अनुसार , ४८ बर्षिय अक्षय अहिले पनि बलिउडका सबै भन्दा व्यस्त अभिनेता  हुन् । यस बर्ष अक्षयले तीन हिट चलचित्रबाट राम्रो पैसा कमाएका छन् ।
अक्षयले बाइक र गोल्ड लोनको विज्ञापनबाट पनि कमाइ गरेका छन् । अक्षयको सन् २०१५ मा कमाई २०८ करोड भारतिय रुपैयाँ रहेको थियो । त्यस समय उनि सुचिको ७६औँ स्थानमा थिए ।
 
  सन् २०१५ को सूचिमा शाहरुख खान रहेका थिएनन् । सलमान सन् २०१५ को सूचिमा ७१ औँ स्थानमा रहेका थिए । उनको कमाई २१४ करोड भारतिय रुपैयाँ  रहेको थियो ।
 
सन् २०१५ मा अमिताभ बच्चनको स्थान  सलमान समान ७१ औँ रहेको थियो । उनको कमाई २१४ करोड भारतिय रुपैयाँ  थियो । सलमान-अमिताभ लगायत महेन्द्र सिंह धोनी पनि सन् २०१६ को सुचिबाट बाहिरिएका हुन् । अघिल्लो बर्ष १९८ करोड रुपैया कमाईका साथ धोनी ८२ औँ स्थानमा रहेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ