arrow

प्रधानमन्त्री कप काठमाडौं युनिभर्सिटीलाई

logo
प्रकाशित २०७३ असार २९ बुधबार
PM-cup-with-KU.jpg.jpeg
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको उपाधि जितेको छ । वुधबार केयूले ४ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वाराले पहिलो पटक आयोजना गरेको विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुदको उपाधि जित्न सफल भयो । त्रिभूवन विश्वविद्यालय (टीयू) दोश्रो भयो । टीयूले ४ स्वर्ण, ३ रजत र १ कांस्य हात पार्‍याे ।
 
बास्केटबलमा टीयू च्याम्पियन
पुरुष बास्केटबलमा टीयू च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा भएको फाइनलमा टीयूले केयूलाई ४८–३१ ले पराजित गर्‍याे । टीयूको जितमा किशोर न्यौपानेले १९ अंक योगदान गरे ।
 
पहिलो क्वाटरमा १२–६ ले अगाडि बढेको टीयूले अन्तिमसम्म अग्रता जोगाइ राख्दै दोश्रोमा ८–५, तेश्रोमा १०–८ र चौथोमा १८–१२ अंक जोड्यो । पूर्वाञ्चल विश्वविद्यालयले तेश्रो स्थानमा चित्त बुझायो । पूर्वाञ्चलले कृषि विज्ञान विश्वविद्यालयलाई ४०–२६ ले हरायो । कृषिको जितमा छिरिङ लाक्पा शेर्पाले १९ स्कोर गरे ।
 
टीयूलाई बुद्धिचाल उपाधि
बुद्धिचालको उपाधि टीयूले जितेको छ । राउन्ड रोविन लिगमा टीयूले ६ खेलमा जित हात पार्दै १२ अंक जोड्यो र उपाधि चुम्न सफल भयो । सातौं चरणको खेलमा टीयूले पूर्वाञ्चललाई ४–० ले पराजित गर्‍यो । टीयूका मनोज चापागाईंले अभिषेक लिम्बू, सन्जीवकुमार चौधरीले सन्जिव राई, ओमकारराज थपलियाले रवि कटुवाल तथा लक्ष्मीप्रसाद ओलीले सुरज दासलाई हराए ।
 
त्यस्तै, काठमाडौं विश्वविद्यालयले ९ अंक जोड्दै दोश्रो भयो । काठमाडौंले लुम्बिनी बौद्धलाई छैटौं चरणको खेलमा ३–१ ले पाखा लगायो । सुदूरपश्चिमाञ्चलले सातौं चरणमा नेपाल संस्कृत विश्वविद्यालयलाई ३–१ ले पन्छ्याउदै तेश्रो भयो ।
 
मध्यपश्चिमाञ्चलाई भलिबल उपाधि
पुरुष भलिबलको उपाधि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जितेको छ । चार टिम सहभागी राउन्ड रोविन लिगमा मध्यपश्चिमाञ्चल १० अंक जोड्दै च्याम्पियन बनेको हो । ९ अंकसाथ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय दोश्रो तथा ८ अंकसाथ टीयू तेश्रो भयो ।
 
विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य गंगाबहादुर थापा, विभिन्न विश्वविद्यालयका प्रतिनिधिलगायतले पुरस्कार वितरण गरे ।  
 
तीनदिने प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष/महिलाको ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचालमा विभिन्न ८ विश्वविद्यालयका २ सय ८७ खेलाडीले प्रतिस्पर्धा गरेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ