arrow

चोभारको फनपार्कमा घाइते भएका बालकलाई उपचार बेहोर्न संचालक अस्पतालमा पुगे

logo
प्रकाशित २०७३ असार २९ बुधबार
chobar-funpark.jpg.jpeg

काठमाडौं। काठमाडौंको चोभारमा रहेको फनपार्कले खेल्न जाँदा दूर्घटनामा परेका बालक दृष्टान्त भण्डारीसग गल्ती भएको स्वीकार गर्दै फनपार्क संचालक अस्पतालको बेडमा नै पुगेका छन। घाइते बालक रहेको बल्खुस्थित बयोधा अस्पतालको बेडमा नै पुगेर फनपार्क सञ्चालकले आफ्नो व्यवस्थापन कमजोरीका कारण यस्तो घटना घटेको भन्दै घाइते बालकको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने प्रतिबद्दता ब्यक्त गरेको घाइतेका परिवारले बताएका छ।

घाइते भएर अस्पतालको शैयामा पुगेको दुईदिनसम्म पनि कुनै वास्ता नगरेको व्यवस्थापनले यस विषयमा खोजबिन गरी हाम्राकुरा डट कमले समाचार प्रकाशित गरेपछि अस्पतालमा नै आएर गल्ती स्वीकार गर्दै उपचारको समेत प्रतिवद्धता जाहेर गरेको पीडित बालकका काका आनन्द भण्डारीले जानकारी दिए। बुधबार हाम्राकुरासँग कुराकानी गर्दै भण्डारीले दुईदिनसम्म सम्पर्कमा नआएको व्यवस्थापन समाचारपछि सम्पर्कमा आएर गल्ती स्वीकार गरेको भन्दै यस्तो विषयमा व्यवस्थापनले संवेदनशीलता नअपनाउने हो भने ठूला दूर्घटना हुन सक्ने भन्दै सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताए । उनले भने ‘उहाँहरू आउनु भयो र गल्ती स्वीकार गर्दै सबै खर्च बेहोर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो, यस विषयमा हामीले हाम्राकुरालाई धन्यवाद दिनै पर्छ।’

पटकपटक दूर्घटना भएको जानकारी प्राप्त भएपछि सो विषयमा गत सोमबार हाम्राकुराले चोभारको फनपार्कमा तीन दिनमा तीन दूर्घटना .. शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ