arrow
ADVERTISEMENT

न्युजिल्यान्डमा ६.३ म्याग्निच्यूडको भूकम्प

logo
प्रकाशित २०७३ असार २९ बुधबार
article-doc-d548u-1e32uIUCwx5a5142b916e881b196-858_634x410.jpg.jpeg
बेलिङटन (न्युजिल्यान्ड) । न्युजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रविन्दु भएर बुधबार दिउँसो ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ । 
 
अमेरिकी जियोलोजिकल सर्भे (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु न्युजिल्यान्डको राओल टापुबाट २०१ किलोमिटर उत्तरमा रहेको थियो । १० किलोमिटर गहिराइबाट गएको भूकम्पबाट के कति क्षति भयो भन्ने सम्बन्धमा समाचार आउन भोली सम्म लाग्ने बताइएको छ । 
 
भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको बारे समाचार तयार पार्दासम्म कुनै सूचना प्राप्त भइसकेको छैन । भूकम्पपछि सुनामी आउन सक्ने सम्भावनाबारे केही बताइएको छैन । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ