arrow

चेल्सीसँग आर्सनल स्तब्ध, यस्तो छ दोस्रो चरणसम्मको नतिजा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
chelsea-arsenal-2021.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा दोस्रो चरणका खेल सकिने क्रममा रहेका छन् । वेष्टह्याम युनाइटेड र लेस्टर सिटीले आपसमा खेलेपछि दोस्रो चरण सकिने छ । यो खेल सोमबार राति पौने १ बजे वेष्टह्यामको मैदानमा हुँदैछ । अहिलेसम्म आइपुग्दा पूर्व विजेता चेल्सी शीर्ष स्थानमा रहेको छ । चेल्सीले सत्प्रतिशत नतिजा निकाल्ने क्रममा दोस्रो खेलमा लण्डन डर्बीमा आर्सनललाई पराजित गरेको छ ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन रोमेलु लुकाकु र रिस जेम्सले एक एक गोल गरे ।

खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई शुरुआती अग्रता दिलाए । लुकाकुले जेम्सको पासमा डेब्यु खेलमै गोल गरेका हुन् । बेल्जियन खेलाडी लुकाकु हालै इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका हुन् ।

३५ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २–० ले जिताए । उनले मासन माउन्टको पासमा गोल गरेका हुन् । 

आइतबारका अन्य खेलको नतिजा
साउथ ह्याम्पटन १–१ म्यानचेष्टर युनाइटेड 
वुल्भरह्याम्पटन वान्डेरर्स ०–१ टोटनह्याम हट्सपर

अंक तालिका 
२ खेलबाट ६ अंकसहित चेल्सी, लिभरपुल, ब्राइटन एन्ड हभ आल्बियन र टोटनह्याम हट्सपर क्रमशः पहिलोदेखि चौथो स्थानमा छन् । यी चार टिमले मात्र सतप्रतिशत खेलेका छन् । 

पहिलो खेल जितेका वेष्टह्याम र लेस्टरबीचको भिडन्तपछि सतप्रतिशत खेल्ने टिम घट्ने छन् । वेष्टह्याम नवौं र लेस्टर ११ औं स्थानमा छ । 

म्यानचेष्टर युनाइटेड, एभर्टन र ब्रेन्टफोर्डको समान ४ अंक छ । डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीको ३ अंक छ । 

अहिलेसम्म वुल्भरह्याम्पटन, बर्नली, न्यूकासल युनाइटेड, आर्सनल र नर्विच सिटी अंकविहीन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ