arrow
ADVERTISEMENT

टेरेसा मे बेलायतकी दोस्रो महिला प्रधानमन्त्री, साहसी भूमिका खेल्ने अठोट

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
may.jpg.jpeg
काठमाडौं । डेबिड क्यामरुनले राजीनामा दिएपछि कन्जरभेटिभ पार्टीकी नेतृ टेरेसा मे बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छन् । बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षमा मतदान भएपछि क्यामरुनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।
 
प्रधानमन्त्री बनेलगत्तै टेरेसाले इयुबाट बाहिरिएपछि बेलायतले विश्वमा आफ्नो छुट्टै र साहसी भूमिका निर्वाह गर्ने बताइन् ।
 
प्रधानमन्त्री बनेलगत्तै टेरेसाले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । इयुबाट बाहिरिने पक्षमा प्रचारप्रसार गरेका बोरिस जोनसन विदेश मन्त्रीमा नियुक्त भएका छन् ।
 
क्यामरुनको सरकारमा विदेश मन्त्री रहेका फिलिप ह्यामण्ड अर्थ मन्त्री बनेका छन् । यस्तै पूर्व उर्जा मन्त्री एम्बर रुड्ड गृहमन्त्री बनेका छन् ।
 
यस्तै डेबिस डेविस ब्रेक्सिट मन्त्री बनेका छन् । क्यामरुनको टिममा रहेका जर्ज अस्बर्न भने बाहिरिएका छन् । 
 
५९ वर्षीया प्रधानमन्त्री टेरेसा मे बेलायतको प्रधानमन्त्री बन्ने दोस्रो महिला हुन् । यसअघि मारग्रेट थ्याचर बेलायतको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
 
टेरेसा सन् १९९७ देखि लगातार बेलायती संसद्को सदस्य रहेकी छिन् । टेरेसा प्रधानमन्त्री बन्नुअघि क्यामरुले महारानीसमक्ष राजीनामा बुझाएका थिए । 
 
महारानीसमक्ष पुगेर टेरेसाले सपथ पनि लिएकी छिन् । 
 
यसैबीच, जर्मन चान्सलर एंगेला मर्केलले बेलायती प्रधानमन्त्री टेरेसालाई बधाइ तथा शुभकामना दिएकी छिन् । उनी टेरेसालाई शुभकामना दिने पहिलो विश्वको नेतासमेत बनेकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ