arrow

बेलायत टुरमा नेपालको शानदार सुरुवात, फ्रि फोरेस्टरमाथि १२९ रनको जित

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
1-(1).jpg.jpeg
लण्डन । विश्व क्रिकेट लिगका लागि नेदरल्याण्ड्स विरुद्ध खेल्नुअघिको महत्वपूर्ण बेलायत टुरमा रहेको नेपालले गतिलो सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा नेपालले फ्रि फरेस्टरलाई एक सय २९ रनले पराजित ग¥यो ।
 
लण्डनको इन्डियन जिमखाना क्रिकेट क्लवमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ९ विकेटको क्षतिमा दुई सय ३३ रन बनायो ।
 
उपकप्तान ज्ञानेन्द्र मल्लले ६६ बलमा ७४ तथा शरद भेषावकरले ७५ बलमा ५० रन बनाएको इनिङ्गमा कप्तान पारस खड्काले २९ बलमा ४० रन जोडे । त्यस्तै सागर पुनले २५ बलमा २१ रन जोडे ।
 
अन्य रन जोड्ने ब्याट्सम्यानमा राजेश पुलामीले ११ रन, सोमपाल कामी र राजु रिजालले समान ८ रन, विनोद भण्डारीले ७ तथा अनिलकुमार मण्डलले ४ रन जोड्दा करण केसीले अंकको खाता खोलेनन् । जेक किङ्सले ३ विकेट लिए । 
 
जवाफमा फोरेस्टरले २९.१ ओभरमा अलआउट हुँदै १०६ रनमात्र जोड्न सक्यो ।
 
विक्रम शोबले ४, सन्दीप लामिछानेले ३ तथा करण केसीले २ र शक्ति गौचनले १ विकेट लिए ।
 
सोमपाल भने विकेटविहीन भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ