arrow

दैवीप्रकोपबाट ७५ जनाको मृत्यु

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
daibi.jpg.jpeg
खजुरा । चालु आर्थिक वर्षमा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । 
 
बाढी पहिरो, हावाहुरी, आगलागी र चट्याङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्तिको क्षति भएको हो । 
 
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घरगोठ क्षति भएका छन् । 
 
यस्तै, यस अवधिमा २७३ पशु चौपाया मरेका छन् । मध्यपश्चिमाञ्चलका अधिकांश जिल्लामा बाढीपहिरो र आगलागीका घटनाबाट धेरैको ज्यान जाने गरेको छ । 
 
यद्यपि अन्य क्षेत्रभन्दा मध्यपश्चिममा दैवीप्रकोपका घटनामा जनधनको क्षति कम हुने गरेको सो कार्यालयले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ