मेरी सानी बहिनी काली।
बिहानै उठी हराउँछे खाली।
यता खोज्छु, उता खोज्छु गर्दै गाली।
आखिर भटिन्छे खाटमुनी खाली।
मेरी सानी बहिनी काली।
मेरी सानी बहिनी काली।।
अनि सुरु हुन्छ विगारको चकचक।
कहिले यता टकटक, कहिले उता ठकठक।
अनि म उठ्छु झर्को मान्दै खाली।
बहिनी रुदै मडारिन्छे मुख विगार पारी।
मेरी सानी बहिनी काली।
मेरी सानी बहिनी काली।।
बुधबार आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसरमा किल्टन स्कुलमा आयोजित कविता प्रतियोगीतामा प्रथम भएकी आदिश्री सिटौला कक्षा एककी छात्रा हुन्।