arrow

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै, लघुवित्तको चुक्ता पुँजी तत्काल नबढ्ने

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
nepal-rastra-bank.jpg.jpeg
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दिउँसो आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै छ । राष्ट्र बैंक संचालक समितिको बैठकले मौद्रिक नीतिको मस्यौदा पारित गरेको छ । मौद्रिक नीति समितिले सर्वसम्मतीले पारित गर्ने प्रावधान छ ।
 
बिहान बसेको समिति बैठकले लघुवित्त कम्पनीहरुलाई चुक्ता पुँजी तत्काल नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकमा अहिले ४० भन्दा बढी लघुवित्त संस्थाले अनुमतिका लागि निवेदन दिएका छन् । तीनको हकमा के गर्ने भन्ने अन्योल सिर्जना भएपछि तत्कालका लागि चुक्ता पुँजी नबढाउने निर्णय भएको हो । 
 
बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद मौज्दात बढाउने विषय समेत टुंगो लागेकाले मौद्रीक नीति सार्वजनिक गरिने गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ