arrow

एमाले पर्यटन विभागको सचिवमा रिजाल

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
Chandra-Rijal-new-aaja.jpg.jpeg
काठमाडौ । नेकपा एमाले पर्यटन प्रवद्र्धन विभागको सचिवमा वरिष्ठ व्यवसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् । 
 
दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष एवं ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष हुन् । 
 
विद्यार्थी राजनीतिबाट माथि उठेका रिजाल यसअघि नेकपा एमाले उद्योग व्यवसाय विभागको सदस्य थिए । वुधबार नेकपा एमाले केन्द्रीय कार्यालयमा आयोजित विभागको पहिलो बैठकले रिजाललाई सर्वसम्मत सचिव चयन गरेको विभागका सदस्य कृष्णहरी खत्रीले जानकारी दिए । 
 
एमाले महासचिव ईश्वर पोखरेलले सरकारको समर्थन फिर्ता लिने र अविश्वास प्रस्तावको परिक्षण व्यवस्थापिका संसदबाटै गर्ने बताए । विभागका प्रमुख थापाले पर्यटन क्षेत्र आफैंमा मुलुकको आर्थिक सम्बवद्धिका निम्ति मेरुदण्ड भएकाले यस क्षेत्रको विकास र प्रवद्र्धनमा विभागको मुख्य जिम्मेवारी हुने बताए । 
 
थापाले पार्टीको कान्छो विभागको रुपमा रहेको पर्यटन विभागलाई आगामी दिनमा सशक्त बनाई पार्टी पदाधिकारीको समेत ध्यान खिच्न सक्ने हैसियतमा पु¥याएर जिम्मा लगाउने प्रतिवद्धता गरे । २३ सदस्यीय विभागमा १९ जना उपस्थित थिए । बैठकले विभिन्न विभागीय जिम्मेवारी तोक्दै हरेक गन्तव्यमा नीतिगत बैठक बस्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ