arrow

फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍याे

१ सय ८८औं स्थानमा

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
fifa-new-rank.jpg.jpeg
काठमाडौं । विश्व फुटबल महासंघ फिफाले जारी गरेको जुलाई महिनाको फिफा विश्व वरियतामा नेपाल ६ स्थान तल झर्दै १ सय ८८ स्थानमा पुगेको छ । जारी महिनामा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा मैत्रीपूर्ण खेल नखेलेको नेपाल फिफा वरियतामा खस्किएको हो । 
 
दक्षिण एसियामा क्रमश भारत १ सय ५२, माल्दिभ्स १ सय ७४, बंङलादेश १ सय ८३, नेपाल १ सय ८८, भुटान १ सय ९२, श्रीलंका १ सय ९३ र पाकिस्तान १ सय ९४ स्थानमा रहेको छन् । अर्जेन्टिना १५ सय ८५ अंक सहित  फिफा वरियताको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा बेल्जियम कायम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ