arrow

गर्भीणी गाई मारेको आरोपमा एक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
cow-cry.jpg

बझाङ  । गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक जनालाई पक्राउ गरेको छ । गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले जिल्लाको खप्तडछान्ना गाँउपालिका-५ का २८ वर्षीय जनक आग्रीलाई पक्राउ गरेको हो ।

आग्रीले खप्तडछान्ना-६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई चोरेर लाने क्रममा गर्भीणी गाई बाटोमा हिँड्न नसकेपछि वडा नं ५ को छात्राबस्टी नजिकै रहेको पुलमा चिर्पटले हिर्काएर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका आग्रीमाथि यही भदौ ८ गते गाई चोरी गरी र मारेको अभियोगमा भदौ ११ गते मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । 

पक्राउ परेका आग्रीमाथिको अभियोग प्रमाणित भएमा चोरी गरेको आरोपमा दुईदेखि सातवर्ष कैद वा रु २० हजारदेखि ७० हजार जरिवाना र गाई मारेको अभियोगमा तीन वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ