arrow

मौद्रिक नीति सार्वजनिक, सेयर धितो प्रवाहमा कडाई

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
Maudrik_Niti.jpg.jpeg
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३-७४को मोद्रिक नीति सार्वजनिक गरेको छ । बैंकले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मौद्रीक नीति सार्वजनिक गरेको हो । मौद्रीक नीतिले शेयर धितो प्रवाहमा केही कडाई गरेको छ । 
 
बैंकको नीति अनुसार अब १ सय ८० दिनको मार्जिन कर्जामा १ सय ८० दिनको अन्तिम मुल्यको औषत मुल्य वा सेयरको प्रचलित बजार मुल्य मध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशत रकम मात्रै प्रवाह गर्ने व्यवस्था गरिएको जारी मौद्रीक नीतिमा उल्लेख गरिएको छ । 
 
यसैबीच महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र जिल्ला सदरमुकाम बाहेकका का स्थानमा शाखा खोल्नको लागि नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको पनि नीति सार्वजनिक गर्दै गभर्नर डा चिरञ्जीवी नेपालले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ